काठमाडौं– नेपाली कांग्रेसले सांसदहरूलाई बजेटका सन्दर्भमा संसदमा उठाउने विषयको प्रशिक्षण दिएको छ।
बिहीबार प्रस्तुत बजेटका विषयमा सांसदहरूलाई अर्थविद् बोलाएर प्रशिक्षण दिइएको हो। अर्थविद् डा स्वर्णिम वाग्ले, विश्व पौडेल र गोविन्द पोखरेलले सांसदहरूलाई बजेटमा नसमेटिएका विषयका जानकारी दिएका थिए।
कोरोना संक्रमणको समयमा आएको बजेटले समस्यामा परेको अर्थतन्त्रलाई उकास्न नसक्ने अर्थविद्हरुले धारणा राखेका थिए। बजेटले लक्षित गरेको बाह्य अनुदान तथा ऋण समेत पूर्ति नहुने विचार राखेका थिए। बैठकपछि बोल्दै सांसद डा मिनेन्द्र रिजालले भने, ‘समायानुकलको बजेट आएको छैन। अस्वभाविक अनुदान तथा ऋणको विरोध पार्टीले गर्छ।’
संसद भवनमा भएको प्रशिक्षण कार्यक्रममा केही सांसदले पूर्वाधार विकास साझेदारी कार्यक्रमप्रति समर्थन जनाएका थिए। अर्थविद्हरुले उक्त कार्यक्रम हटाउनुपर्नेमा पुनः दोहोर्याएको प्रति असन्तुष्टि व्यक्त गरेका थिए। सांसद कोषले अर्को चुनावमा जित्ने आधार बनाइए कांग्रेस झनै कमजोर हुने तर्क उठाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।