काठमाडौं- २०६ जना कोरोना संक्रमित उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।
आजसम्म प्रदेश १ मा ३० जना, प्रदेश २ मा १०२ जना, बागमती प्रदेशमा २० जना, गन्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा ४७ जना र सुदूरपश्चिचम प्रदेशमा ५ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज कोरोना भाइरसको संक्रमण भएका एक व्यक्तिको मृत्यु भएको छ। भूमिकास्थान नगरपालिका अर्घाखाँचीका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो। भारतबाट फर्किएका उनको गत १० जेठमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए।
यसैगरी आज आज कोरोना भाइरसका १७० नयाँ बिरामी थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १२१२ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।