काठमाडौं– सरकारले सबै खालका करार, अस्थायी तथा स्थायी कर्मचारीको १ लाख रुपैयाँ बराबरको कोरोना बीमा गर्ने उद्घोष गरेको छ।
संसदमा बिहीबार आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराव खतिवडाले यस्तो उद्घोष गरेका हुन्। साथै बीमा शुल्क पनि निःशुल्क हुनेछ।
साथै राष्ट्रसेवक कर्मचारीलाई निजी आवास निर्माण र सन्ततिलाई उच्च शिक्षा प्रदान गर्न सहुलियत दरको कर्जा सुविधा उपलब्ध गराउने बजेटमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।