काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि बिहीबार प्रस्तुत गरेको बजेटमा आयकरका भने दर बढाएको छैन।
तर, आयकर छुट हुने सीमामा भने अविवाहित व्यक्तिका लागि ४ लाख र दम्पतीका लागि ४ लाख ५० हजार पुर्याएको छ। यो रकमभन्दा कम आम्दानी गर्ने अविवाहित वा विवाहित व्यक्तिले एक प्रतिशत मात्र आम्दानी कर तिरे हुने व्यवस्था गरेको छ।
यसअघि पनि यही व्यवस्था लागू भएको थियो। तर आर्थिक वर्ष २०७५/०७६ मा अविवाहितका लागि यो सीमा ३ लाख ५० हजार थियो भने विवाहिताका लागि ४ लाख थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।