काठमाडौं- आम नागरिकमा बीमाको पहुँच विस्तार गरिने भएको छ। बीमाको दाबी व्यवस्थालाई सहज र सरल बनाइने अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमा उल्लेख गरेका छन्।
दाबी भुक्तानी तोकिएको समयभित्र सुनिश्चित गरिने भएको छ। घुम्ती बीमा कार्यक्रम सञ्चालन गरी कृषि र लघु उद्यम व्यवसायमा बीमाको पहुँच अभिवृद्धि गरिने भएको छ।
कोभिड १९ कारण सञ्चालनमा आउन नसकेका उद्योग व्यवसाय प्रतिष्ठान एवम् यातायातको साधनको बीमा पोलिसीको म्याद लकडाउनको अवधिसम्म थप गर्ने व्यवस्था मिलाइने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।