काठमाडौं- सातै प्रदेशमा हालसम्म १ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालका ५१ जिल्लाका मानिसमा यसको संक्रमण पुष्टि भएको छ। कोरोना भाइरसका कारण विहिबार थप एक जनाको मृत्यु भएर नेपालमा यसबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ।
बिहीबार मात्र १५६ जना थपिएका छन्। हालसम्म प्रदेश १ का ८ जिल्लामा १२९ कोरोना संक्रमित भेटिएका छन्। प्रदेश २ मा ८ जिल्ला ४ सय १५ जनमा कोरोना संक्रमण पुष्टि भएको छ।
यसैगरी, बागमती प्रदेशका १२ जिल्लामा ४४ जनामा कोरोना संक्रमण भेटिएको छ भने गण्डकी प्रदेशका ४ जिल्लामा १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यस्तै प्रदेश ५ का ९ जिल्लामा ३ सय ६९ जना संक्रमित छन् भने कर्णाली प्रदेशका ३ जिल्लामा ४७ जना संक्रमित रहेका छन्। सुदुर पश्चिम प्रदेशका ७ जिल्लामा २१ जना संक्रमित छन्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।