काठमाडौं- नेपाली सेनाले खरिद गरेको मेडिकल सामग्री लिएर नेपाल एयरलाइन्स काठमाडौं आइपुगेको छ।
बुधबार मेडिकल सामान लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनको गौन्जाव गएको थियो। यसअघि पनि नेपाल एयरलाइन्सकै वाइडबडी जहाजले सेनाले चीनमा खरिद गरेको १८ टन सामान ल्याएको थियो। आज सेनाले झन्डै २८ टन सामग्री आउने जनाएको छ। तर, कति सामग्री भन्सार पास भएर आएको छ त्यसको विवरण भने आइसकेको छैन।
सेनाले यसअघि स्थलमार्गटबाट पनि ८ टन मेकिडल सामग्री ल्याएको थियो। सरकारले ओम्नीसँग मेडिकल सामग्री खरिदका लागि गरेका सम्झौता भंग गरेसँगै जिटुजी मार्फत सेनामार्फत मेडिकल सामग्री खरिद गर्नेगरी चैत १५ मा मन्त्रिपरिषदबाट निर्णय गरिएको थियो।
सेनाले २ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको मेडिकल सामान खरिद गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।