काठमाडौं- विश्व स्वास्थ्य संगठनले आम मानिसले पनि आर्थिक सहयोग गर्न सक्ने गरी एक फाउन्डेसन बनाएको छ। उक्त फाउन्डेसनले फन्डिङको नयाँ स्रोत खोज्ने छ। आम मानिससँग सहयोग लिनका लागि यस्तो फाउन्डेसन खडा गरिएको हो।
डब्लुएचओ फाउन्डेसनको जेनेभामा कार्यालय स्थापना हुने छ। यो मुख्य संगठनसँग स्वतन्त्र हुने छ। सुरुवातमा यो कुनै पनि महामारीमा लगाइने छ। तर पछि अन्य स्वास्थ्य आपतकालमा यसको प्रयोग गरिने छ।
डब्लुएचओ प्रमुख टेड्रोसले भविष्यको सफलताका लागि दानकर्ताको दायरा बढाउन आवश्यक देखिएको बताए। हाल डब्लुएचओलाई फन्ड सहायता देशबाट मिल्ने गर्दछ। यो शुल्क जस्तै हुने गर्दछ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारीमा चीनलाई सहयोग गरेको भन्दै सहयोग रोक्ने धम्की दिदै आएका छन्। ट्रम्पको यो धम्की आइरहेको समयमा डब्लुएचओले यस्तो फाउन्डेसन खडा गरेको हो। ट्रम्पले कोरोना भाइरसको सूचना डक्लुएचओले समयमै उपलब्ध नगराएको आरोप लगाउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।