काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रले उत्पीडित समुदायको प्रतिनिधित्व गरेको बताएका छन्।
गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै प्रचण्डले भनेका छन्- यो नयाँ राजनीतिक प्रणालीले देशका सम्पूर्ण उत्पीडित समुदायको अधिकार सहित राज्य सत्तामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको छ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रले नेपालमा सयौं वर्षौंदेखि चल्दै आएको राजतन्त्रात्मक प्रणालीमा सामान्य मात्रात्मक सुधार होइन, अपितु गुणात्मक परिवर्तनको प्रतिनिधित्व गरेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।