• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कचनकवल उपप्रमुखको गुनासो- भारतबाट आउने क्रम जारी छ‚ न टेस्ट किट छ, न क्वारेन्टाइन

64x64
नेपाल लाइभ बुधबार, जेठ १४, २०७७  १९:४५
1140x725

काठमाडौं- झापाको कचनकवलमा बुधबार पनि १५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै यहाँ कोरोना संक्रमितको संख्या ४८ पुगेको छ। ३३ जना कोशी अञ्चल अस्पतालमा रहेका छन् भने बुधबार पुष्टि भएकाहरू साँझसम्म क्वारेनटाइनमै रहेको कचनकवल गाउँपालिका उपप्रमुख निमसरी राजवंशी बताइन्। बुधबार राती नै उनीहरूलाई पनि अस्पताल पठाउने तयारी भइरहेको उनले जानकारी दिइन्। 

बुधबार ५५ जनाको स्वाब परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको हो। क्वारेन्टाइनमा बसेका १५० जना एक सातादेखि परीक्षण किट नभएर पालो कुरेर बसेका छन्। 

‘एक सातादेखि टेस्टका लागि पर्खेका दुई सातादेखि क्वारेन्टाइनमा बसेका मान्छे हुन्। भर्खर थपिएकाहरूको त कहिले पो हो कोरोना टेस्टको पालो आउने’ राजवंशीले भनिन्‚ ‘आज पनि ३५ जना भारतबाट आएका मानिस थपिएका छन्।’ 

उपप्रमुख राजवंशीले. सबैभन्दा ठूलो समस्या नै परीक्षणको भएको बताइन्। ‘सबै भारतबाट आएका व्यक्तिहरू छन्‚ कोसँग संक्रमण छ‚ कोसँग छैन परीक्षण नगरी थाहा हुँदैन’ राजवंशीले भनिन् ‘परीक्षण समयमा नहुँदा कोरोना भएका र नभएकाहरूलाई एकै ठाउँमा राख्न परेको छ।’ 

गाउँपालिकामा समस्यै समस्या भएको उनले बताइन्। मानिसहरू दैनिक रुपमा बढ्दै जाँदा गाउँपालिकामा धेरै समस्या भएको उनले बताइन्। 

‘परीक्षणको तनावसँगै मानिसहरूलाई राख्ने क्वारेनटाइनको पनि तनाव थपिएको छ’ उपप्रमुख राजवंशीले भनिन्‚ ‘भएका क्वारेन्टाइन भरिभराउ भइसके, नयाँ आउनेलाई कहाँ राख्ने सोच्नै सकेका छैनौं।’ गाउँपालिकाले विद्यालयहरूलाई अस्थायी क्वारेन्टाइन बनाएको  र सबै विद्यालयमा खानेपानीदेखि बस्ने सामान्य सुविधासम्म पुर्‍याउन सम्भव नहुने भएकाले धेरै समस्या भएको उनले बताइन्। गाउँपालिकाको क्वारेनटाइनमा अझै २०० जना जति रहेको र भोलीका दिनमा यो थप हुने भएकाले अझ धेरै क्वारेन्टाइनको आवश्यकता भएको उनले बताइन्।

वडा वडाका विद्यालयमा कोरोनाका लागि अस्थायी क्वारेन्टाइन बनाउने तयारी गाउँपालिकाले गरेको तर भौगोलिक र अन्य सुविधा नहुँदा समस्या भएको उनको तर्क छ। 

‘खानेपानीलगायत केही सुविधा भएका विद्यालयलाई प्रयोगमा ल्याइसकियो’ अब केही अलि समस्या भएका विद्यालयहरू छन् तिनीहरूलाई पनि प्रयोगमा ल्याउनुपर्ने अवस्थामा गाउँपालिका पुगेको छ।’ प्रदेश र जिल्लामा पनि यो समस्या आफूहरूले सुनाएको उनले बताइन्। ‘सक्दो सहयोग हुन्छ भन्नु भएको छ‚ तर कहिले हो मान्छे आजै आइसके’ उपप्रमुख राजवंशीले भनिन्।  

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेश-१ को झापा जिल्लाको भारतीय सिमासँग जोडिएको गाउँपालिका हो कचनकवल। यो गाउँपालिकामा ४२ हजार जनसंख्या रहेको छ। यो गाउँपालिकामा अधिकांश युवा वैदेशिक रोजगारीका लागि भारतमा पुगेका छन्। भारतमा मजदुरी गर्न गएका उनीहरू फर्कने क्रम सुरु भएसँगै गाउँमा पनि कोरोनाको संक्रमण देखिन थालेको राजवंशीले बताइन्। 

करिब ४ हजार युवा कामको शिलशिलामा भारतमा रहेकाले यो जेखिम अझै वृद्धि हुने अनुमान गाउँपालिकाले गरेको उनले बताइन्।  

सीमामा कडाइ भए पनि उनीहरू लुकछिपी रातीको समयमा पनि गाउँमा आउने गरेको उनले बताइन्। यसरी गाउँमा आएका युवालाई सकेसम्म क्वारेन्टाइनमा राख्ने गरिएको छ। हालसम्म भारतबाट फर्केका १ सय १० जनाको पिसिआर परीक्षण गरिएको छ। 

यसरी परीक्षण गरेकामध्ये यसअघि ३३ जनाको रिपोर्ट पोजेटिभ आएको थियो। 

Xtrem

Xtrem

परीक्षण रिपोर्टमा पोजेटिभ आउनेहरूलाई कोशी अञ्चल अस्पताल  पठाउने गरेको‚ संक्रमण नभएकाहरूलाई १४ दिन राखेर घर पठाउने गरेको उनले बताइन्। एक हजार किट माग गरेको तर थोरैमात्र आएकाले सुरुदेखि क्वारेन्टाइनमा रहेकाहरूबाट पालै पालो परीक्षण गरिरहेको उनले बताइन्। गाउँपालिकाले पनि केही परिक्षण खरिद गरेर परीक्षणको दायर वृद्धि गरेको भएपनि अहिले अभाव झेलिरहेको उनले बताइन्।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७  १९:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बिहीबार, असोज २२, २०८३
मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना बिहीबार, असोज २२, २०८३
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्