काठमाडौं- इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्नो कम्पनीमा कार्यरत सबै कर्मचारीको कोरोना बिमा गराएको छ। कम्पनीले बुधबार एक विज्ञप्ति जारी गर्दै आफ्नो कम्पनीमा कार्यरत सबै कर्मचारीको आवधिक कोरोना बिमा गराइएको जानकारी गराएको हो।
कोरोना भाइरस (कोभिड-१९) को महामारीमा आक्रान्त बनेको बेला कुनै पनि कर्मचारीलाई कोरोना संक्रमण भइहालेको खण्डमा कर्मचारीका घरपरिवारलाई समेत आर्थिक सहायता पुर्याउने उद्देश्यले सबै कर्मचारीको कोरोना बिमा गराइएको कम्पनीले उल्लेख गरेको छ।
कोरोना संक्रमणको जोखिम रोकथामका लागि सरकारद्वारा लकडाउन घोषणा गरिएको अवस्थामा पनि आफूहरूले सेवा प्रदान गर्न रोक्न नहुने भएकाले कर्मचारीको मनोबल उच्च राख्न आवश्यक सबै व्यवस्था गर्न कम्पनी लागेको बताइएको छ।
सेवामा खटिरहेका कर्मचारीहरुको उच्च मूल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ काम गर्न हौसला प्रदान गर्न सबै सुरक्षा उपकरण प्रयोग गर्ने गरिएको समेत कम्पनीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।