काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बिहीबार संसद्मा बजेट भाषण गर्ने भएका छन्। प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले अर्थमन्त्रीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा भोलि बिहीबार दिउँसो ४ बजे बजेट भाषण गर्ने जानकारी गराएका हुन्।
आगामी आर्थिक वर्षको बजेट भाषण सुरु हुनुभन्दा अगावै सबै सांसदहरूलाई आफ्नो स्थानमा आसन ग्रहण गरिसक्न पनि उनले रुलिङ गरेका छन्।
बजेट भाषणपछि साँझ ६ बजे प्रतिनिधि सभाको अर्को बैठक बस्ने जानकारी गराउँदै सभामुख सापकोटाले आजको बैठक अन्त्य गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।