काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता कसैको पनि नरोकिने स्पष्ट पारेका छन्।
देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले अपाङ्ग भएका र एकल महिला र अन्यको सामाजिक सुरक्षा भत्ता नरोकिने स्पष्ट पारेका हुन्।
पछिल्ला केही दिनयता सामाजिक सुरक्षा भत्ता कटौतीको निर्णय फिर्ता लिनका लागि चौतर्फी दबाब आइरहेको थियो। संसदका समिति र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि सामाजिक सुरक्षा भत्ता कटौती नगर्न सरकारको ध्यानाकर्षण गराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।