काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कूल जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण विस्तार गरिने बताएका छन्। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सरकारको योजना सार्वजनिक गरेका हुन्।
सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले विज्ञहरुले दिएको सल्लाहबमोजिम कम्तीमा जनसंख्याको २ प्रतिशतसम्म परीक्षण विस्तार गर्ने योजनामा रहेको सुनाए।औषधि र स्वास्थ्य उपकरणको खरीदमा सिर्जना भएका अप्ठ्याराहरु हल भएको उनले जानकारी गराए।
कोरोना संक्रमण नियन्त्रणमा सरकारको पहलकदमी प्रभावकारी भएको उनले बताए।
एकमात्र प्रयोगशालाबाट सुरु भएको परीक्षणलाई सातवटै प्रदेशसम्म विस्तार गरि २० भन्दा बढी प्रयोगशालाबाट भइरहेको जानकारी गराए। परीक्षणको दायरालाई विस्तार गर्न किट तथा औषधिको प्रबन्ध द्रूत गरिने प्रतिवद्धता जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।