काठमाडौ- नेपालको कालापानी क्षेत्रमा कब्जा जमाई बसेको भारतीय सुरक्षाकर्मीसहित विभिन्न एजेन्सीलाई हटाउनका लागि कुटनीतिक माध्यमबाट संवाद अघि बढाउन १५ दललले माग गरेका छन्। नेपालको कालापानी‚ लिपुलेक‚ लिम्पियाधुरालगायत क्षेत्रलाई समेट्नेगरी नक्सा जारी गरेकोमा खुसी व्यक्त गर्दै विभिन्न १५ दलले नेपाली भूमिबाट भारतीय सेना समेत हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकषर्ण पत्र बुझाएका हुन्।
भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रलाई आफ्नो दाबी गरेको ६ महिनापछि व्यापक जनदबाब आएकाले सरकारले नयाँ नक्सा जारी गरेर पहल कदमी लिएको विज्ञप्तिमा उल्लेख छ।
सरकारले नक्सामा समेटेका समुदायको आधारभूत आवश्यकता सम्बोधन हुनेगरी कार्यक्रम ल्याएर सडक सञ्जालमा समेत जोड्न माग गरिएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।