काठमाडौं- बाँकेमा एक प्रहरी जवानलाई कोरोना (कोभिड- १९) को संक्रमण देखिएको छ।
बाँकेको नरैनापुर गाउँपालिकास्थित कालाफाँटा प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवानमा कोरोना संक्रमण देखिएको हो।
योसँगै अहिलेसम्म ७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी निरज शाहीले नेपाल लाइभलाई जानकारी दिए।
जसमा महानगरीय प्रहरी वृत्त कालिमाटी, काठमाडौंका एक सई र एक जवान, कपिलवस्तुमा कार्यरत एक सई र एक हवल्दार, बारामा एक जवान र धनकुटामा एक र बाँकेमा एक गरी ७ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
तीमध्ये कालिमाटीका दुई जनाको सशस्त्र प्रहरी बलको बलम्बु अस्पतालमा उपचार भइरहेको छ भने बाँकीको सम्बन्धित जिल्लामै उपचार भइरहेको डिआइजी शाहीले नेपाल लाइभलाई जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।