काठमाडौं- इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य ‘एम्बेस्डर अफ एयर २०१९’ बाट सम्मानित भएकी छन्।
इजरायलको स्वतन्त्रता दिवसका अवसरमा एम्बेसडर क्लब अफ इजरायलले नेपाली राजदूत शाक्यलाई उत्कृष्ट राजदूतका रुपमा उक्त सम्मान दिने निर्णय गरेको हो।
‘एम्बेसडर क्लब अफ इजरायल’ का निर्देशक समितिले इजरायलमा रहेका ९० कुटनीतिक नियोगबाट शाक्यलाई छनोट गरिएको बताए। उनले नेपाल–इजरायल सम्बन्ध थप प्रगाढ बनाउन योगदान गरेकाले शाक्यको पक्षमा मत जाहेर गरेको उल्लेख गरे।
अन्य तीन फरक विधामा पनि विभिन्न कुटनीतिज्ञलाई सम्मान गरिएको छ। सो अवसरमा कुटनीतिक नियोगका प्रमुख, इजरायली अधिकारीहरू, राजदूत क्लबका सदस्यहरू र मिडियाका प्रतिनिधिहरूको उपस्थिति थियो। उक्त अवार्डबाट सम्मानित हुने डा. शाक्य एसियाकै पहिलो राजदूत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।