काठमाडौं- सुर्खेतमा ३ जनासहित थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा विकास देवकोटाले थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।
यो सहित नेपालमा संक्रमितको संख्या ५ सय ८४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्।
शनिबार दिउँसो ४ बजेर १५ मिनेट जाँदा मन्त्रालयले आयोजना गर्ने नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। बैतडीमा ४ जना, झापामा १, बाँकेमा २७, बर्दियामा १ र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण देखिएको उनले बताए। यसअघि शनिबार बिहान नै मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बिहान ३२ जनामा कोरोना संक्रमण पाइएको जानकारी दिएका थिए।
डा देवकोटाका अनुसार हालसम्म ७० जना अहिले संक्रमणमुक्त भएका छन् भने ३ जना संक्रमितको भने मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।