काठमाडौं- सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंह (शिलु) को निधन भएको छ। मेडिसिटी अस्पतालमा उपचारको क्रममा ८१ वर्षको उमेरमा शुक्रबार उनको निधन भएको हो।
सिंह २०५८ सालदेखि २०६३ सालसम्म सर्वोच्चको न्यायाधीश बनेकी थिइन्।
नेपाल बार र सर्वोच्च बारले निष्ठावान न्यायाधीश गुमेको टिप्पणी गरेका छन्।
महिलाहरुको कानुनी सहायता परियोजनामा पनि उनको उल्लेखनीय योगदान रहेको थियो।
सिंह घर काठमाडौंको पकनाजोल निवासी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।