काठमाडौं- भक्तपुरमा एक महिलामा कोरोना संक्रमण देखिएको छ। भक्तपुरकी ४२ वर्षीय महिलामा करोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला‚ काठमाडौंमा गरिएको परीक्षणअनुसार उनमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। योसँगै थप ९ जनामा कोरोना संक्रमण पुष्टि भई कूल कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको छ।
उपत्यकाभित्र अहिलेसम्म काठमाडौंका १०‚ भक्तपुरका ४ र ललितपुरका १ गरी कूल १५ जनामा कोरोना संक्रमण देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।