बैतडी- कर्तव्य ज्यानको मुद्दामा पक्राउ परेका थुनुवामा कोरोना संक्रमण देखिएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीमा रहेका एक जना थुनुवामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको डिएसपी दिल्ली नारायण पाण्डेले जानकारी दिए।
‘कर्तव्य ज्यान मुद्दामा पक्राउ गरेका थियौं,' उनले भने, ‘उनको स्वाब संकलन गरी धनगढी पठाएका थियौं। आज भर्खरै रिपोर्ट पोजिटिभ आएको छ।’ उनमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल गरिएको छ।
ती व्यक्तिलाई वैशाख १५ गते पक्राउ गरिएको थियो। शिवनाथ गाउँपालिका १ का २२ वर्षीय संक्रमित पुरुष चैत ६ गते भारतबाट नेपाल आएका थिए।
‘अब हामीले कन्ट्याक्ट ट्रेसिङको काम थालिसकेका छौं,' उनले भने, ‘धेरै जोखिम भएका र कम भएका छुट्याएर परीक्षण थाल्छौं।’ उनका अनुसार संक्रमितको सम्पर्कमा आएका आइसोलेसनमा राखिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।