काठमाडौं- ओपो र भोडाफोनले ओपोका स्मार्टफोन युरोपियली बजारमा भित्र्याउन बिस्तृत सहकार्यको घोषणा गरेको छ। ओपो र भोडाफोन बीचको यो सहकार्यले पश्चिमा मुलुकमा ओपोका उत्पादनलाई बजारीकरण गर्नुका साथै भोडाफोनका अन्तर्राष्ट्रिय बजारमा फाइभजी एडप्सनमा थप सहज हुने आंकलन गरिएको छ।
भोडाफोनका रिटेल तथा अनलाइन च्यानलमार्फत ओपोका सस्तो फोनदेखि उद्योगकै अग्रणी फाइभजी फ्ल्यागशिप स्मार्टफोन (ए सिरिज, रेनो सिरिज र फाइन्ड एक्स सिरिज) लगायत फोनहरु उपलब्ध गराइने बताइएको छ।
सहकार्यको पहिलो चरणमा भोडाफोनले ओपोका उत्पादनहरु जर्मनी, बेलायत, स्पेन, पोुर्चुगल, रोमानिया, टर्की र नेडरल्यान्न्ड्समा रिटेल च्यानल मार्फत उपलब्ध गराउने छ। यो ग्लोबल पार्टनरशिपको विकासका लागि ओपोका उत्पादन भोडाफोनको बजारमा सहज उपलब्धताका लागि दुवै कम्पनीले संयुक्त रुपमा पहल गर्ने जनाइएको छ।
ओपोले आफ्ना उत्पादनहरु अधिक रुपमा इन–हाउस गर्ने गरेको छ। साथै, कोरोना संक्रमण पछिको लकडाउनका कारण बन्द हुन पुगेका कम्पनीका धेरै जसो उत्पादन केन्द्रहरु साधारणरुपमा सञ्चालनमा आइसकेको छन्। फिजिकल रिटेलमा हाल कठिनाइ रहेको अवस्थामा दूबै कम्पनीहरु अनलाइन बिक्री च्यानल विकासका लागि ध्यान दिँदै आफ्ना उपभोक्तालाई सेवा उपलब्ध गराउन लागिपरेको जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।