काठमाडौं- राप्रपा अध्यक्ष तथा पूर्वमन्त्री कमल थापाले भारतसँगको विवादमा नेपाल वार्ताबाट समाधान खोज्न तयार रहेको बताएका छन्। तर नेपाल दबाबबाट नझुक्ने उनले स्पष्ट पारेका छन्।
सन्धि विपरित नेपाली भूमी अतिक्रमण गरी भारतले ६ दशकदेखि सिमाको 'कृत्रिम विस्तार'गर्दै आएको उनले बताएका छन्।
‘वार्ताबाट समधान खोज्ने सहमति विपरित यसबीच अतिक्रमित क्षेत्रमा सैनिक ब्यारेक खडा गर्ने, बाटो बनाउने र नयाँ नक्सा बनाउने काम भारतले गरेको हो’, ट्विरमा थापाले लेखेका छन्, ‘नेपाल वार्ताबाट समाधान खोज्न तयार छ तर दबाबबाट झुक्दैन।‘
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।