काठमाडौं- बीमा कम्पनीबाट आफ्नो बीमा लेख धितो राखी कर्जा लिने बीमितले लकडाउन अवधिभरका लागि आफूले तिर्नुपर्ने ब्याजमा १५ प्रतिशत छुट पाउने भएका छन्। बीमा समितिले बुधबार सम्पुर्ण बीमा कम्पनीहरुलाई लकडाउन अवधिभरका लागि बीमितिले तिर्नुपर्ने ब्याजमा १५ प्रतिशत छुट दिन निर्देशन दिएको छ। यसका लागि बीमितले लकडाउन समाप्त भएको एक महिनाभित्रमा ब्याज भुक्तानी गर्नुपर्नेछ।
बीमितले आफ्नो बीमा लेख धितोमा राखेर आफूले तिरेको प्रिमियमका आधारमा बीमा कम्पनीबाट कर्जा लिनसक्ने ध२बत्व्यरवस्था छ। लकडाउन
अवधिभरमा सबै क्षेत्र प्रभावित भएको भन्दै बीमा समितिले बीमितलाई यस्तो सहुलियतको नीतिगत व्यवस्था गरेको हो।
बीमा समितिले विश्वभर कोभिड- १९ ले प्रभावित पारिरहेको अवस्थामा अत्यावश्यक बीमा निरन्तरका लागि भन्दै बीमा समितिले सम्पुर्ण बीमा कम्पनीहरुलाई ‘बीमकको सूचना प्रविधि मार्गदर्शन २०७६’ को अधिनमा रही अनलाइन मार्फत बीमा लेख जारी गर्न निर्देशन दिएको छ।
लकडाउन अवधिभर बीमा कम्पनीहरुले अनलाइनबाट भर्चुअल तालिम प्रदान गर्न सक्नेछन्। बीमा कम्पनीहरुले व्यवस्थापन खर्च गर्ने प्रस्ताव बीमा समितिमा पेश गर्न सक्नेछन्। बीमा कम्पनीले पेश गरेको प्रस्तावका आधारमा बीमा समितिले स्वीकृति दिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।