काठमाडौं- नेपालमा संक्रमितको संख्या ४ सय २७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन अन्तर्गत बुधबार गराइएको जानकारी अनुसार थप २५ जनामा संक्रमण पुष्टि भएको हो। नयाँ संक्रमित ३ देखि ४८ वर्ष उमेरका छन्।
नयाँ संक्रमितमध्ये १८ पुरुष र ७ महिला छन्।
मन्त्रालयको जानकारी अनुसार, देशभर ३५ हजार ४ सय ९४ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।