काठमाडौं- भारतद्वारा अतिक्रमित भूमि सहितको नेपालको नयाँ नक्सा सार्वजनिक भएको छ।
बुधबार भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले नेपालको अद्यावधिक नक्सा सार्वजनिक गरेकी हुन्। नक्सा सार्वजनिक गर्दै उनले उत्कृष्ट क्षण भएको बताइन्।
मन्त्री अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि धन्यवाद दिइन्।
कालापानी, लिपुलेक तथा लिम्पियाधुरा क्षेत्रका भारतद्वारा अतिक्रमित क्षेत्र पनि अद्यावधिक नक्सामा समेटिएको छ।
भारतले नोभेम्बर २ मा नयाँ राजनीतिक नक्सा जारी गरेपछि सुरु भएको पछिल्लो विवाद बैशाख २६ गते सो क्षेत्र हुँदै मानसरोबर पुग्ने सडक मार्ग उद्घाटन गरेपछि उत्कर्षमा पुगेको थियो।
मंगलबार संसदमा बोल्दै प्रधानमन्त्री ओलीले अतिक्रमित भूमि फिर्ता ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।