काठमाडौं- महानगरीय प्रहरी वृत्त कालिमाटी, महानगरीय ट्राफिक प्रहरी प्रभाग, महिला सेललाई शिल गरिएको छ। वृत्त कालिमाटीमा कार्यरत दुई प्रहरीमा कोरोना (कोभिड-१९) को संक्रमण देखिएपछि उक्त कार्यालयहरु शिल गरिएको हो।
स्रोतका अनुसार मंगलबार कालिमाटी वृत्तमा कार्यरत एक प्रहरी नायव निरीक्षक (सई) र एक जवानमा कोरोना पोजेटिभ देखिएको थियो।
उनीहरुको सशस्त्र प्रहरीको बलम्बूस्थित अस्पतालको आइसोलेनमा राखेर उपचार सुरु गरिएको छ।
वृत्त शिल भए पनि अहिलेसम्म पिसिआर जाँच भने सुरु नभएको वृत्तका डिएसपी रुगम कुवँरले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।