काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाले अर्थतन्त्रमा गम्भीर असर पारेको बताएका छन्।
संसदमा बोल्ने क्रममा प्रधानन्त्रीले आयका क्षेत्र कमजोर हुँदै गएको बताए। उनले भने, ‘उत्पदान ह्रास भएको छ। भन्सार कम छ। राजश्व कम उठेको छ।रेमिट्यान्स छँदैछैन।’ विश्वका दातृ राष्ट्रले समेत सहयोग गर्न नसक्ने स्थितिमा पुगेको आंकलन गरे। उनले भने, ‘विश्वका १८ देश बाहेक सबैको उत्पादन वृद्धि माइनस छ। करोडौं मानिस रोजगारविहीन हुँदैछन्।’
अर्थतन्त्रमा नकरात्मक असर परेपनि सामाजिक जीवन सञ्चालन गर्न गम्भीर हुनुपरेको बताए। लामो समयसम्म कोरोना संक्रमण देखिएपनि जीवन सञ्चालनको तयारीमा लाग्नुपर्ने बताए।
संकट झनै बढ्ने आशंका गरेका प्रधानमन्त्री ओलीले भने, ‘अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रतिर विकास गर्नुपर्छ। हाम्रो उत्पादनले हामीलाई पुग्ने स्थिति बनोस्।’ कृषि क्षेत्रको उत्पादनले थेग्नेगरी न्युनतम आवश्यकता पुरा गर्नेतिर लाग्नुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।