काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले त्रुटिपूर्ण नक्सा सामाजिक सञ्जालमा नराख्न अनुरोध गरेकी छन्।
मन्त्रिपरिषदले कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको राजनीतिक र प्रशासनिक नक्सा स्वीकृत गरेको जनाउँदै मन्त्रालयले नक्सा सार्वजनिक गर्ने तयारी गरिरहेको उल्लेख गरेकी छन्।
सामाजिक सञ्जाल मार्फत अपील गर्दै उनी लेख्छिन्, 'मन्त्री परिषदको बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नेपालको अद्यावधिक राजनीतिक र प्रशासनिक नक्सा स्वीकृत गरेसँगै नयाँ नक्सा सार्वजनिक गर्ने तयारीमा छौं।'
नक्सा सार्बजनिक नगर्दा सम्म सामाजिक संजालमा त्रुटिपूर्ण नक्सा प्रयोग नगर्न अनुरोध गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।