• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

बाँकेको नरैनापुर किन बन्यो कोरोना संक्रमणको हटस्पट?

कल्पना पौडेल सोमबार, जेठ ५, २०७७  १९:५३
1140x725

काठमाडौं- बाँकेको नरैनापुर यतिबेला कोरोना संक्रमणको हटस्पट बनेको छ। त्यहाँ संक्रमितको संख्या ५६ पुगिसकेको छ। २५ वर्षीय युवकको मृत्यु भइसकेको छ। सोमबार मात्रै ४७ जनामा कोरोना देखिएको छ। एकैदिन यतिधेरै संक्रमित भेटिएपछि यो स्थानबारे धेरैको चासो बनेको छ- किन त्यहाँ दिनदिनै संक्रमितको संख्या यसरी बढ्दैछ? धेरैको चिन्ताको विषय पनि छ, यो संक्रमण दर कति संख्यामा पुग्ला?

नरैनापुर गाउँपालिकाको जनसंख्या ४३ हजारको हाराहारीमा जनसंख्या छ। भारतबाट आउनेलाई राख्न त्यहाँ १३ क्वारेन्टाइन बनाइएका छन्। यतिबेला ८ सय १४ जनालाई सम्भावित संक्रमित भनेर क्वारेन्टाइनमा राखिएको गाउँपालिकाले‍ जानकारी दिएको छ। 

क्वारेन्टाइनमा रहेकामध्ये अधिकांश भारतबाट आएका नेपालीहरू हुन्। नेपालगञ्ज सहरबाट ३५ किलोमिटर मात्रै टाढा रहेको यो गाउँपालिका विकासको दृष्टिकोण पछाडि छ। बाँकेको राप्ती पारीको यो गाउँपालिकाका अधिकांस मानिस रोजगारीका लागि भारतका विभिन्न सहरमा जान्छन्। तीमध्ये धेरै त भारतको मुम्बई मात्रै।

विश्वभर कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि उनीहरुको रोजगारी गुमेको छ। लकडाउनका कारण रोजगारी नभएपछि धेरैजसो व्यक्ति विभिन्न तरिकाले गाउँ आइपुगेका छन्।

भारतसँग सीमाना जोडिएको यो गाउँपालिकामा धेरैजना लुकेर राती नेपाल प्रवेश गरेका हुन्। नेपाल-भारती सीमा क्षेत्रको घना जंगल छिचोल्दै उनीहरु त्यहाँ आइपुग्ने गरेका छन्। भारतले केही दिनअघि रेल सञ्चालन गरेपछि स्थानीय गाउँमा आउने क्रम बढेको छ।वैशाख ३१ गतेभित्र आएका सबैलाई गाउँपालिकाले क्वारेन्टाइनमा राखेको जनाएको छ। 

कति त राती नै घरमा गएर लुकेर बस्ने भएकाले स्थानीय जनप्रतिनिधिले अर्को दिन मात्रै थाहा पाएर क्वारेन्टाइनमा लैजाने गरेका छन्। यसले गर्दा त्यहाँ कोरोना जोखिमले कुन रुप लिने हो अनुमान गर्न मुस्किल परेको स्थानीय जनप्रतिनिधि बताउँछन्।

नरैनापुर बाँकेको विकट गाउँपालिकमा मानिन्छ। भौतिक संरचनाको अभाव भएकाले सबैलाई गाउँपालिकाभित्रका १२ विद्यालयमा क्वारेन्टाइन राखिएको छ। क्वारेन्टाइनमा रहेका अघिकांशको उमेर ३० वर्ष भन्दा कम छ। 

नरैनापुरकै दीपेन्द्र प्राथमिक विद्यालयको क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको जेठ ४ गते कोरोना संक्रमणको कारण मृत्यु भयो। त्यसपछि त्रास झन् फैलिएको छ।  

Ncell 2
Ncell 2
nimb
nimb

नरैनापुरको क्वारेन्टाइनमा रहेका धेरैको अझै परीक्षण भएको छैन। वैशाख ३१ गते ४५ जनाको स्वाबको नमूना संकलन गरिएको थियो। जसमध्ये ८ जनालाई पोजिटिभ देखियो। उनीहरुको सम्पर्कमा आएका थप २ सय ६३ व्यक्तिको जेठ ३ गते स्वाब संकलन गरियो। फेरि छुटेका थप ११ जनाको पनि नमुना लिई कुल २ सय ७४ जनाको नमुना लिइएको छ। जसमध्ये एक जनाको रिपोर्ट नआउँदै आइतबार बिहान निधन भएको थियो। उनको मृत्यु भएपछि आएको रिपोर्टमा उनलाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

२ सय ६३ मध्ये नेपालगञ्जस्थित भेरी अस्पतालमा सोमबार १ सय ९० जनाको नमुना परीक्षण गर्दा ४७ जनामा कोरोना पोजिटिभ देखिएको छ। ८१ जनाको नमुना परीक्षण भइरहेको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका कोभिड-१९ फोकल पर्सन नरेश श्रेष्ठले ३१ गतेभित्र आएका सबैको कोरोना परीक्षण गर्ने योजना रहेको जानकारी दिए।

नरैनापुरका पत्रकार नवीन गिरी भन्छन्, ‘नरैनापुर बाँकेको विकट ठाउँ हो। त्यहाँ भर्खर विकासका पूर्वाधार बन्ने क्रममा छन्। अन्य पूर्वाधार नभएकोले विद्यालयमा क्वारेन्टाइन बनाइएको छ। विद्यालयको पूर्वाधार समेत राम्रो छैन।’ गाउँपालिकाले सकेसम्म राम्रो प्रबन्ध गर्न खोजिरहेको  तर, पनि विकट ठाउँ भएकाले सबै प्रबन्ध भनेजस्तो नभएको नभएको उनको भनाइ छ। 

अघिल्लोपटक कोरोना देखिएका ८ जनालाई दाङमा उपचारमा लागि लगिएको छ भने आज पोजिटिभ देखिएका ४७ जनालाई नरैनापुर-२ मा रहेको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसन बनाइ त्यहीँ राख्नेबारे छलफल भइरहेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर, स्थानीयले त्यहाँ राख्दा स्वास्थ्यमा अचानक समस्या आएमा थप उपचारका लागि नेपालगञ्ज लैजान समस्या हुने भएकाले नेपालगञ्जमै लैजानुपर्ने बताइरहेका छन्। क्वारेन्टाइनमा मृत्यु भएका युवा पनि शनिबार साँझसम्म स्वस्थ नै थिए। उनलाई स्वास्थ्यमा समस्या देखिएको तीन घण्टाभित्रै उनको मृत्यु भएको बताइएको छ।

सो क्वारेन्टाइनमा ती व्यक्तिको मृत्यु भएपछि ३८ जना व्यक्तिले अन्यत्र सार्नुपर्ने ढिपी लिएपछि आज उनीहरुलाई जयकिसन माविको क्वारेन्टाइनमा सारिएको छ। नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक मो. मोइन खाँले उनीहरुलाई दिउँसै सारिएको बताए। उनीहरुको नमुना परीक्षण भइरहेको छ।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७  १९:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्