काठमाडौं– पर्यटन व्यवसायीहरुको विभिन्न १२ वटा साझा संस्थाहरुले सकारले ल्याएको नीति तथा कार्यक्रकममा पर्यटन क्षेत्रलाई बेवास्ता गरिएको भन्दै विरोध गरेको छन्। विरोध गर्दै आएका व्यवसायीले सरकारले नीति तथा कार्यक्रममा भएका कमजोरीलाई सुधार गर्दै बजेटमा पर्यटन क्षेत्रलाई सम्बोधन गर्नुपर्ने भन्दै संयुक्त विज्ञप्ती जारी गरेका छन्।
कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय हवाई नै बन्द भएपछि पर्यटन व्यवसाय नै ठप्प भएको छ। यसले नेपालको पर्यटन क्षेत्रमा भएको अर्बौ लगानी जोखिममा परेको उनीहरुको भनाइ छ।
लगानी जोखिममा परेपछि व्यवसायीहरुले विभिन्न मन्त्रालयमा राहतका प्याकेज माग गरेका छन्।
‘विषम परिस्थीतिमा राष्ट्रले नै भावी अर्थतन्त्रको आधारको रुपमा महत्व दिँदै आएको नेपालको पर्यटन क्षेत्रलाई जीवन र मरणको दोसाँधबाट उद्धार गर्न सरकार जिम्मेवारपूर्ण तवरले पर्यटनमैत्री अभिभावकको भूमिकामा खरो रुपमा उत्रनुपर्छ भन्ने हाम्रो आवाजलाई गम्भीरताका साथ लिनेछ भन्ने विश्वास लिएका छौं‚’ विज्ञप्तीमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।