काठमाडौं- बाँके जिल्लामा मात्र ४७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा विकास देवकोटाले बाँकेमा मात्र थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। बाँकेमा ४६ पुरुष र १ जना महिला गरी ४७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।
उनका अनुसार बाँकेमा ४६ जना पुरुष र १ जना महिलामा संक्रमण देखिएको छ। भैरहवाको प्रयोगशालामा गुल्मीका १ जना, मोरङको प्रादेशिक अस्पतालको प्रयोगशालामा मोरङका १ जना पुरुष, धुलिखेल अस्पतालमा धनुषाका १, रौतहट १, धादिङ १ र दाङका १ जनामा संक्रमण देखिएको डा देवकोटाले जानकारी दिए।
पछिल्लो अपडेटसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुगेको छ। नेपालमा संक्रमण पुष्टि भएकामध्ये ३६ जना अहिले संक्रमणमुक्त भएका छन्। २ जना संक्रमितको भने मृत्यु भइसकेको छ। हाल ४ सय ५ जना रेडजोनमा रहेको समेत डा देवकोटाल जानकारी दिए।
अहिलेसम्म कुल संक्रमित व्यक्तिहरुको स्थायी ठेगना रहेको जिल्ला ३१ पुगेको छ। प्रदेश नम्बर १ मा ४०, प्रदेश नम्बर २ मा १ सय ३२, बागमती प्रदेशमा १८ जना (एक मृत्यु सहित), गण्डकी प्रदेशमा ३, प्रदेश नम्बर ५ मा १ सय ५९ जना (एक जनाको मृत्यु सहित), र सूदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन्। अहिले सम्म कुल ३६ जनालाई निको भइसकेको छ।
अहिले सम्म पीसीआर प्रविधिबाट गरिएको कुल परीक्षण ३० हजार ७ सय २३ पुगेको छ। आरडिटी विधिबाट गरिएको परीक्षणको संख्या ६९ हजार ५ सय ६० जना रहेको छ। पछिल्लो २४ घण्टामा २ हजार ५ सय ५८ पीसीआर परीक्षण भएको छ। त्यस्तै १ हजार ७ स ९१ आरडिटी परीक्षण भएको छ। अहिले सम्म प्रदेश नम्बर १ मा कुल आरडिटी परीक्षण ९ हजार २ सय १७, प्रदेश नम्बर २ मा ६ हजार २२, बागमती प्रदेशमा ११ हजार ९ सय २३, गण्डकी प्रदेशमा ६ हजार ९ सय ३२, प्रदेश नम्बर ५ मा ९ हजार १ सय ३२, कर्णाली प्रदेशमा ७ हजार ५ सय ८० जना र सूदुरपश्चिम प्रदेशमा १८ हजार ७ सय ५४ जनाको परीक्षण भएको छ।
क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको कुल संख्या २० हजार ९० पुगेको छ। जसमध्ये प्रदेश नम्बर १ मा १ हजार १ सय ८०, प्रदेश नम्बर २ मा ३ हजार ८०, बागमती प्रदेशमा २ सय ८५, गण्डकी प्रदेशमा ३ सय ९३, प्रदेश नम्बर ५ मा १२ हजार ८ सय १५, कर्णाली प्रदेशमा ७ सय ७ र सूदुरपश्चिम प्रदेशमा १ हजार ६ सय ३० जना रहेका छन्। आइसोलेसनमा रहेका बिरामीहरुको संख्या अहिले सम्म ४ सय १२ रहेको छ। जसमध्ये काठमाडौं उपत्यकामा २६ जना रहेका छन भने उपत्यका बाहिर ३ सय ८६ जना रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।