प्रदेश २ मा कोरोना संक्रमितको सङ्ख्या १ सय ३१ पुगेको छ। समाजिक विकास मन्त्रालयको कोरोनासम्बन्धी तथ्यांकअनुसार यस प्रदेशमा आइतबारसम्म १ सय २२ जनामा कोरोना संक्रमण थियो।
सोमबार बिहान ९ जना थपिएपछि यो सङ्ख्या १ सय ३१ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आज बिहान जारी गरिएको विज्ञप्तिमा यस प्रदेश अन्तर्गतका रौतहटका आठ र बाराका एक गरी नौ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ।
आज बिहान थपिएका नौ जनामा रौतहटको इशनाथपुर नगरपालिकाको २, ३, ६ र ९ वडाका २१ देखि ३० वर्षसम्मका सात जना पुरुष, माधवनारायण नगरपालिका–३ की २८ वर्षीया महिला र बारा जिल्लाको करैयामाई–५ का ३८ वर्षीय पुरुष छन्। यस प्रदेशको आठ जिल्लामध्ये सोमबार बिहानसम्म रौतहटमा २१, बारामा पाँच, पर्सामा ९१, धनुषामा पाँच, महोत्तरीमा चार, सर्लाहीमा तीन, सप्तरी र सिरहामा एक÷एक जना कोरोना सङ्क्रमित छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।