काठमाडौं- युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएका अध्यक्ष अलेक्जेण्डर सेफेरिनले आउने अगस्टभित्रमा युरोपका सबै लिग फुटबल सकाउने भरपर्दो योजना रहेको बताएका छन्।
अगस्टमा नै च्याम्पियन्स लिग र युरोपा लिगको योजना बनिरहेकाले त्यसलाई असर नगर्ने गरी अरु लिग फुटबल सकाइने बताइएको छ। ‘अब सबै कुरा योजनाबद्ध देखिएको छ। मलाई विश्वास छ योजनाअनुसार भनेकै समयमा खेलहरु सकिने छन्।’
कोरोना भाइरस (कोभिड १९) का कारण रोकिएको ठूला लिगहरुमा जर्मन बुन्डेस लिगा गएको शनिबारदेखि सुरु भइसकेको छ। जसले रोकिएको विश्व खेलकुद गतिविधिमा नयाँ आश सञ्चार गरेको छ। दक्षिण कोरियाको के लिग गएको हप्ता नै सुरु भएको थियो भने बेलारुस र निकारागुवामा फुटबल रोकिएनन्।
युरोपमा नै बेल्जियम र फ्रान्ससहित केही देशमा लिग फुटबल स्थगित गरेर शीर्षमा रहेको टिमलाई विजेता घोषणा गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।