काठमाडौं- ६० जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।
बढुवा समितिले आइतबार राति चार महिला इन्स्पेक्टरसहित ६० इन्स्पेक्टरलाई डीएसपीमा बढुवाको लागि सिफारिस गरेको हो। बढुवा सिफारिस भएकामध्ये पुर्णिमाकुमारी चन्द, शर्मिला गुरुङ, रुपा लाबुङ र चन्चला श्रेष्ठ महिला अधिकृत हुन्।
सुर्खेतस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय दरबन्दी भएका पृथ्वीनारायण ओली बढुवा सूचीको पहिलो नम्बरमा छन्।
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।