काठमाडौं- बहराइन सरकारले अवैध आप्रवासी श्रमिकहरुका लागि आममाफी कार्यक्रम ल्याएको छ।
बहराइनको लेवर मार्केट रेगुलेटोरी अथ्योरिटी (एलएमआरए) ले ७ अप्रिल २०२० देखि लागू हुनेगरी अवैध रुपमा रहँदै आएका आप्रवासी श्रमिकहरुका लागि आममाफीको घोषणा गरेको हो।
अवैध तथा कागजातविहीन (अनडकुमेन्डेट) कामदारहरुले आगामी डिसेम्बर ३१ सम्म बहराइन छाडिसक्नुपर्नेछ। थप जानकारीका लागि बहराइनस्थित नेपाली दूतावासको फोन नम्बर १७७२५५८३ मा सम्पर्क गर्न सकिन्छ त्यस्तै दूतावासको इमेलमा सम्पर्क गर्न सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।