काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यकालयका सचिव नारायण प्रसाद बिडारीलाई उक्त सहयोग चेक मार्फत हस्तान्तरण गरेका हुन्।
मुलुकभित्र तथा मुलुक बाहिरबाट दीर्घकालीन श्रोत संकलन गरी पूर्वाधारका परियोजनाहरुलाई आवश्यक पर्ने श्रोत उपलब्ध गराउने उद्देश्यसहित स्थापना भएको बैंकको हाल अधिकृत पुँजी ४० अर्ब रुपैयाँ छ भने जारी पुँजी २० अर्ब रुपैयाँ छ। सरकारसहित विभिन्न संघसंस्थाको १२ अर्ब रुपैयाँ पुँजी रहेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा बैंकले ५९ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।