काठमाडौं- नेपाल बंगलादेश बैंकले आफ्ना सम्पुर्ण कर्मचारीको कोरोना भाइरसविरुद्धको बीमा गरेको छ। बैंकमा काम गर्ने सम्पुर्ण कर्मचारीहरुको स्वास्थ्यको ख्याल गर्दै कोरोना बीमा गरेको बैंकले जनाएको छ।
बैंक आइएमई जनरल इन्स्योरेन्स कम्पनी बीचमा कोरोना बीमाको संझौता भएको हो। सम्झौताअनुसार अब बैंकमा कार्यरत कुनै नापी कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा पिसिआर परीक्षण पोजेटिभ पाइएममा इन्स्योरेन्स कम्पनीले तोकिएबमोजिमको रकम क्षतिपुर्ति बापत उपलब्ध गराउनेछ।
हाल बैंकले आफ्ना ९५ वटा शाखा कार्यालय मार्फत नेपालभरी आफ्नो बैंकिङ सेवा दिइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।