काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसिसीलाई सदनबाट पारित गरेर अघि बढाउन माग गरेका छ्न्।
आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमका सम्बन्धमा आइतबार प्रतिनिधिसभामा बोल्दै देउवाले अघिल्लो सरकारले गरेको हालसम्मकै सबैभन्दा ठूलो सहयोग सम्बन्धि सम्झौता एमसीसीलाई यो सदनबाट पारित गर्नेबारे सरकारको उदासिनता देखिएको आरोप लगाए।
‘नीति तथा कार्यक्रममा यसलाई समावेश गरेरै जिम्मेवारी र जवाफदेहितासाथ सरकार अग्रसर हुन सकेको देखिएन’, उनले भने, ‘यहि सदनमा प्रस्तुत गरेर पारित गर्ने प्रक्रिया अघि बढाउन म माग गर्दछु।‘
उनले पूर्ववर्ती सरकारले गरेका निर्णय र सम्झौता उलंघन गर्दै जाने प्रवृत्तिले गलत नजिर स्थापित गर्ने चेतावनी पनि दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।