काठमाडौं- नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कोरोना संक्रमितको संख्या २ सय ९१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको आइतबार बिहान ७:१५ बजेको सूचना अनुसार रौतहट राजपुर नगरपालिका फरहदवा ९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षीय पुरुष छन्। त्यस्तै, इशना नगरपालिका ३ र ५ निवासी २८, ३० र ३३ वर्षीय पुरुषहरु छन्।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
नेपालमा संक्रमितमध्ये ३६ जना अहिले संक्रमणमुक्त भएका छ्न्। तीमध्ये एक जनाको भने मृत्यु भएको छ। शनिबार सिन्धुपाल्चोक बाह्रबिसेकी एक महिलाको मृत्यु भएको हो।

                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।