• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर २८, २०८२ Sun, Dec 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोभिड-१९ बाट मृत्यु भएकी महिलाको पशुपतिमा विद्युतीय दाहसंस्कार

64x64
नेपाल लाइभ शनिबार, जेठ ३, २०७७  २२:२४
1140x725

काठमाडौं- कोभिड -१९ बाट नेपालमा पहिलोपटक मृत्यु भएकी महिलाको पशुपतिमा दाहसंस्कार गरिएको छ। शनिबार उनको शवलाई पशुपतिस्थित विद्युतीय शवदाह गृहमा लगी दाहसंस्कार गरिएको हो। 

सिन्धुपाल्चोक बाह्रबिसेकी उनको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनको मृत्युको कारण कोरोना भाइरसको संक्रमण नै भएको पुष्टि गरिसकेको छ। 

मन्त्रालयले तयार पारेको ‘कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि-२०७६' अनुसार उनको दाहसंस्कार गरिएको हो। 

मन्त्रालयले तयार पारेको शव व्यवस्थापन कार्यविधि तलका दुई तस्बिरमा हेर्नुहोस्:

 

भर्खरैकी सुत्केरी भएकी उनको उमेर २९ वर्ष रहेको मन्त्रालयले जानकारी दिएको छ। तर उनले जन्माएको शिशुका सम्बन्धमा भने मन्त्रालयले केही पनि विवरण खुलाएको छैन। 

Ncell 2
Ncell 2

को हुन् उनी?
नेपालमा कोरोना संक्रमितको पहिलोपटक मृत्यु भएपछि उनीबारे चासो धेरै मानिसमा भएको छ। यसबारे जानकारी दिन हामीले उनको स्थायी ठेगाना भएको स्थानीय तह सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाकी उपमेयर सुशीला पाख्रिनसँग सम्पर्क गरेका थियौं। उनको भनाइ जस्ताको तस्तैः

कोरोना संक्रमण भएर मृत्यु भएकी महिला सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकास्थित राम्चेकी हुन्। उनी हालै सुत्केरी भएकी थिइन्। उनी परिवारसहित काठमाडौंमा बस्ने गर्थिन्। 

बैसाख २३ गते त्रिवि शिक्षण अस्पताल भर्ना भएर उनले २४ गते बच्चालाई जन्म दिएकी थिइन्। २५ गते बाह्रबिसे एम्बुलेन्समा गाउँ फर्केकी थिइन्। वडा नम्बर ९ मा रहेको उनको घरमा नै उनी बस्न थालेकी थिइन्। 

घरमा नै आराम गरिरहेको अवस्थामा उनलाई १ गते सास फर्न असहज भयो। समस्या भएपछि प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे पुगेकी थिइन्। लगत्तै उनलाई धुलिखेल अस्पतालमा रिफर गरिएको थियो। 

उनका दुई सन्तान छन्। ठुलो छोरो ११ वर्षको छ। श्रीमान धुलिखेल अस्पतालमा नै छन्। उनको परिवारमा कोही पनि विदेशबाट आएको छैन। कसरी संक्रमण भयो थाहा छैन। सुत्केरी भएर काठमाडौं बस्न गाह्रो हुने भएपछि उनको परिवारले एक दिनकी सुत्केरी लिएर गाउँ फर्केका हुन्। 

उनको मृत्यु भएको खबरपछि उनको टोल र स्वास्थ्य केन्द्रमा कार्यरत रहेका स्वास्थ्यकर्मी र उनको सम्पर्कमा रहेका व्यक्तिहरुको खोजीमा नगरपालिका लागेको छ। उनको टोल र यहाँको स्वास्थ्य केन्द्र सिल गरिएको छ।

सिन्धुपाल्चोक बाह्रबिसेको राम्चे र प्राथमिक स्वास्थ्य केन्द्र सिल
उनको मृत्युपछि सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाको वडा नम्बर ९ राम्चे र उनी उपचारका लागि पुगेको बाह्रबिसे प्राथमिक स्वास्थ केन्द्र सिल गरिएको छ। जिल्ला सुरक्षा समितिको आपत्कालीन बैठक बसेर बलेफी गाउँपालिकाको-७ नम्वर वडा पनि सिल गर्ने निर्णय गरिएको छ।

राम्चेकी एक महिलाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएपछि उनका बाँकी परिवार, प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी र उनको सम्पर्कमा आएका सबैको स्वाब संकलन गरेर काठमाडौं पठाइएको ९ नम्बरका वडाध्यक्ष सानु लामाले बताए। 

अहिले नगरपालिकामा सशस्त्र  प्रहरी र नेपाली सेनाले सिल गरेर सुरक्षा दिइरहेको र सबैलाई जुन स्थानमा हो सोही ठाउँका क्वारेनटाइनमा बस्न भनिएको वडाध्यक्ष लामाले बताए। परिवार र उपचारमा संलग्नहरुका हकमा भने काठमाडौं ल्याउने वा त्यहीँ राख्नेबारेमा आइतबार मात्र निर्णय हुने बताइएको छ। वडाले सबैलाई सुरक्षित बस्न र आफ्नो घरबाट कसैलाई बाहिर ननिस्कन आग्रह गरेको उनले बताए। यसअघि जिल्लाको सुरक्षा समितिले सेनासमेत खटाउने निर्णय गरेकाले सोही अनुसार वडामा सिल भएको उनले बताए। 

मृतकका ससुरा, श्रीमान् र नन्दको स्वाब संकलन
धुलिखेल अस्तपालमा मृत्यु भएकी महिलाको आफन्तको स्वाब निकालेर परीक्षण सुरु गरिएको छ। बिहीबार राति १० बजे उपचारका क्रममा उनको मृत्यु भएको थियो।

स्वासप्रश्वासमा समस्या र ज्वरो पनि देखिएपछि धुलिखेल अस्पतालले मृतक महिलाको स्वाब शुक्रबार बिहान निकालेर पीसिआर विधिबाट परीक्षण गर्दा कोरोना देखिएको थियो यसलाई पुन पुष्टि गरिएको थियो। पुनः परीक्षणको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो।  

अस्पतालले शनिबार दिउँसो मृतकका श्रीमान, सासु र नन्दको स्वाब संकलन गरेको जानकारी आफूले पाएको वडाध्यक्ष लामाले बताए। 

ती महिला २३ गते टिचिङ अस्पतालमा भर्ना भएर २४ गते सुत्केरी भएकी थिइन्। सुत्केरीको अवस्था सामान्य भएपछि २५ गते उनीहरु बाह्रबिसे गएका थिए। उनलाई काठमाडौँ स्वास्थ्य केन्द्रकै एम्बुलेन्समा लगिएकाले उक्त एम्बुलेन्सको चालक र उनको परिवारको पनि परिक्षण गर्ने तयारी भइरहेको उनले बताए। चालक र उनको परिबारलाई पनि क्वारेनटाइनमा राखेको लामाले बताए।

बलेफी गाउँपालिका ७ र ८ उनको माइती गाउँ भएकाले उक्त क्षेत्र पनि सिल गरिएको वडाध्यक्ष लामाले बताए। माइती गाउँबाट आफन्त ती महिलालाई भेट्न गएकाले त्यो गाउँ पनि सिल गरिएको हो।

'कोरोना संक्रमितको मृत्यु भएपछि अपनाउनुपर्ने सावधानी' 
डा शेरबहादुर पुन, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल


कोरोना संक्रमितको मृत्यु भए कसरी सनाखत गर्ने भन्ने धेरैको जिज्ञासा भएको पाइन्छ। हुन त यो संक्रमणबाट कसैको पनि मृत्यु नहोस् तर पनि यस्तो अवस्था आइपरेमा के गर्ने भनेर पनि बुझ्न जरुरी हुन्छ। यसमा विश्व स्वास्थ संगठनले पनि सुझाएको छ।
१) घर वा नातेदार जो कोही संक्रमित मृतकको सनाखतमा प्रत्यक्ष सहभागी हुदैछ भने उसले राम्ररी साबुन पानीले हात धोएर पञ्जा अनिवार्य लगाउनुपर्छ। र, सनाखतपछि पनि साबुन पानीले राम्ररी हात धुनुपर्छ।

२) संक्रमित मृतकको शरीरको तरल पदार्थ आँखा र मुखमा नपरोस् भन्नका लागि बिशेषतः चस्मा (गगल्स),  मुख छोप्ने कपडा वा सर्जिकल मास्कको प्रयोग गर्नुपर्छ। 

३) संक्रमित मृतकले लगाएको कपडा तुरुन्त धुने वा नष्ट गर्न सकिन्छ।

४) मलामीमा उपस्थित हुनेहरुको संख्या सकेसम्म कम हुनुपर्दछ र सहभागीहरु साठी बर्षभन्दा बढी उमेरका र कुनै पनि दीर्घ रोगहरुबाट प्रभावित भएको हुनुहुँदैन। तर यदि उपस्थिति जनाउनै पर्ने अवस्था आएमा भने मृतकको शरीरलाई एक मिटरभन्दा टाढाबाट नछुएरै हेर्न सकिन्छ। नातेदार र छिमेकीले पनि यही उपायहरु अनुसरण गर्न सकिनेछ। तर उ,नीहरु बीच (छिमेकी र नातेदार) कम्तीमा एक मिटरको दूरी कायम राखेर सनाखतको काम पूरा गर्न राख्न बिर्सिनु हुँदैन। र, पछि फर्कने बेला सबैले साबुन पानीले राम्ररी हात धुनुपर्छ।

५) रुघाखोकी लागेको व्यक्ति सकेसम्म मलामीमा नजाने र जानैपर्ने भए मेडिकल मास्क लगाउने।     

६) संक्रमित मृतकको सनाखतमा प्रत्यक्ष सहभागीले आफूले लगाएको पिपिईको (ग्लोभ्स, गगल्स, मास्क) काम सकिएपछि उत्पादनकर्ताले दिएको सुझाब अनुसार सफा गर्नुपर्छ। 

प्रकाशित मिति: शनिबार, जेठ ३, २०७७  २२:२४
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लुम्बिनी लायन्स एनपीएल सिजन २ को च्याम्पियन
एनपीएल फाइनल: सुदूरले दियो लुम्बिनीलाई ८६ रनको झिनो लक्ष्य
सुदूरविरुद्ध कम्तान रोहितको ह्याट्रिक विकेट
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
लुम्बिनी लायन्स एनपीएल सिजन २ को च्याम्पियन शनिबार, मंसिर २७, २०८२
एनपीएल फाइनल: सुदूरले दियो लुम्बिनीलाई ८६ रनको झिनो लक्ष्य शनिबार, मंसिर २७, २०८२
सुदूरविरुद्ध कम्तान रोहितको ह्याट्रिक विकेट शनिबार, मंसिर २७, २०८२
अहिले संवैधानिक निकासको मार्ग निर्वाचन नै हो : कार्यबाहक सभापति खड्का शनिबार, मंसिर २७, २०८२
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध सुदूरको खराब सुरुवात शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल समूहको युवा भेला शुक्रबार, मंसिर २६, २०८२
एमाले महाधिवेशनमा ईश्वरको अवधारणापत्रमा छलफल नहुने शुक्रबार, मंसिर २६, २०८२
मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दै छन्? शुक्रबार, मंसिर २६, २०८२
एकपक्षीय प्रतिनिधि छानेको भन्दै ईश्वर पोखरेल समूहको आपत्ति शनिबार, मंसिर २७, २०८२
यी हुन् एमालेका १०८ मनोनीत महाधिवेशन प्रतिनिधि (सूचीसहित) शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्