• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोभिड-१९ बाट मृत्यु भएकी महिलाको पशुपतिमा विद्युतीय दाहसंस्कार

64x64
नेपाल लाइभ शनिबार, जेठ ३, २०७७  २२:२४
1140x725

काठमाडौं- कोभिड -१९ बाट नेपालमा पहिलोपटक मृत्यु भएकी महिलाको पशुपतिमा दाहसंस्कार गरिएको छ। शनिबार उनको शवलाई पशुपतिस्थित विद्युतीय शवदाह गृहमा लगी दाहसंस्कार गरिएको हो। 

सिन्धुपाल्चोक बाह्रबिसेकी उनको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनको मृत्युको कारण कोरोना भाइरसको संक्रमण नै भएको पुष्टि गरिसकेको छ। 

मन्त्रालयले तयार पारेको ‘कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि-२०७६' अनुसार उनको दाहसंस्कार गरिएको हो। 

मन्त्रालयले तयार पारेको शव व्यवस्थापन कार्यविधि तलका दुई तस्बिरमा हेर्नुहोस्:

 

भर्खरैकी सुत्केरी भएकी उनको उमेर २९ वर्ष रहेको मन्त्रालयले जानकारी दिएको छ। तर उनले जन्माएको शिशुका सम्बन्धमा भने मन्त्रालयले केही पनि विवरण खुलाएको छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

को हुन् उनी?
नेपालमा कोरोना संक्रमितको पहिलोपटक मृत्यु भएपछि उनीबारे चासो धेरै मानिसमा भएको छ। यसबारे जानकारी दिन हामीले उनको स्थायी ठेगाना भएको स्थानीय तह सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाकी उपमेयर सुशीला पाख्रिनसँग सम्पर्क गरेका थियौं। उनको भनाइ जस्ताको तस्तैः

कोरोना संक्रमण भएर मृत्यु भएकी महिला सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकास्थित राम्चेकी हुन्। उनी हालै सुत्केरी भएकी थिइन्। उनी परिवारसहित काठमाडौंमा बस्ने गर्थिन्। 

बैसाख २३ गते त्रिवि शिक्षण अस्पताल भर्ना भएर उनले २४ गते बच्चालाई जन्म दिएकी थिइन्। २५ गते बाह्रबिसे एम्बुलेन्समा गाउँ फर्केकी थिइन्। वडा नम्बर ९ मा रहेको उनको घरमा नै उनी बस्न थालेकी थिइन्। 

घरमा नै आराम गरिरहेको अवस्थामा उनलाई १ गते सास फर्न असहज भयो। समस्या भएपछि प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे पुगेकी थिइन्। लगत्तै उनलाई धुलिखेल अस्पतालमा रिफर गरिएको थियो। 

Xtrem

Xtrem

उनका दुई सन्तान छन्। ठुलो छोरो ११ वर्षको छ। श्रीमान धुलिखेल अस्पतालमा नै छन्। उनको परिवारमा कोही पनि विदेशबाट आएको छैन। कसरी संक्रमण भयो थाहा छैन। सुत्केरी भएर काठमाडौं बस्न गाह्रो हुने भएपछि उनको परिवारले एक दिनकी सुत्केरी लिएर गाउँ फर्केका हुन्। 

उनको मृत्यु भएको खबरपछि उनको टोल र स्वास्थ्य केन्द्रमा कार्यरत रहेका स्वास्थ्यकर्मी र उनको सम्पर्कमा रहेका व्यक्तिहरुको खोजीमा नगरपालिका लागेको छ। उनको टोल र यहाँको स्वास्थ्य केन्द्र सिल गरिएको छ।

सिन्धुपाल्चोक बाह्रबिसेको राम्चे र प्राथमिक स्वास्थ्य केन्द्र सिल
उनको मृत्युपछि सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाको वडा नम्बर ९ राम्चे र उनी उपचारका लागि पुगेको बाह्रबिसे प्राथमिक स्वास्थ केन्द्र सिल गरिएको छ। जिल्ला सुरक्षा समितिको आपत्कालीन बैठक बसेर बलेफी गाउँपालिकाको-७ नम्वर वडा पनि सिल गर्ने निर्णय गरिएको छ।

राम्चेकी एक महिलाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएपछि उनका बाँकी परिवार, प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी र उनको सम्पर्कमा आएका सबैको स्वाब संकलन गरेर काठमाडौं पठाइएको ९ नम्बरका वडाध्यक्ष सानु लामाले बताए। 

अहिले नगरपालिकामा सशस्त्र  प्रहरी र नेपाली सेनाले सिल गरेर सुरक्षा दिइरहेको र सबैलाई जुन स्थानमा हो सोही ठाउँका क्वारेनटाइनमा बस्न भनिएको वडाध्यक्ष लामाले बताए। परिवार र उपचारमा संलग्नहरुका हकमा भने काठमाडौं ल्याउने वा त्यहीँ राख्नेबारेमा आइतबार मात्र निर्णय हुने बताइएको छ। वडाले सबैलाई सुरक्षित बस्न र आफ्नो घरबाट कसैलाई बाहिर ननिस्कन आग्रह गरेको उनले बताए। यसअघि जिल्लाको सुरक्षा समितिले सेनासमेत खटाउने निर्णय गरेकाले सोही अनुसार वडामा सिल भएको उनले बताए। 

मृतकका ससुरा, श्रीमान् र नन्दको स्वाब संकलन
धुलिखेल अस्तपालमा मृत्यु भएकी महिलाको आफन्तको स्वाब निकालेर परीक्षण सुरु गरिएको छ। बिहीबार राति १० बजे उपचारका क्रममा उनको मृत्यु भएको थियो।

स्वासप्रश्वासमा समस्या र ज्वरो पनि देखिएपछि धुलिखेल अस्पतालले मृतक महिलाको स्वाब शुक्रबार बिहान निकालेर पीसिआर विधिबाट परीक्षण गर्दा कोरोना देखिएको थियो यसलाई पुन पुष्टि गरिएको थियो। पुनः परीक्षणको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो।  

अस्पतालले शनिबार दिउँसो मृतकका श्रीमान, सासु र नन्दको स्वाब संकलन गरेको जानकारी आफूले पाएको वडाध्यक्ष लामाले बताए। 

ती महिला २३ गते टिचिङ अस्पतालमा भर्ना भएर २४ गते सुत्केरी भएकी थिइन्। सुत्केरीको अवस्था सामान्य भएपछि २५ गते उनीहरु बाह्रबिसे गएका थिए। उनलाई काठमाडौँ स्वास्थ्य केन्द्रकै एम्बुलेन्समा लगिएकाले उक्त एम्बुलेन्सको चालक र उनको परिवारको पनि परिक्षण गर्ने तयारी भइरहेको उनले बताए। चालक र उनको परिबारलाई पनि क्वारेनटाइनमा राखेको लामाले बताए।

बलेफी गाउँपालिका ७ र ८ उनको माइती गाउँ भएकाले उक्त क्षेत्र पनि सिल गरिएको वडाध्यक्ष लामाले बताए। माइती गाउँबाट आफन्त ती महिलालाई भेट्न गएकाले त्यो गाउँ पनि सिल गरिएको हो।

'कोरोना संक्रमितको मृत्यु भएपछि अपनाउनुपर्ने सावधानी' 
डा शेरबहादुर पुन, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल


कोरोना संक्रमितको मृत्यु भए कसरी सनाखत गर्ने भन्ने धेरैको जिज्ञासा भएको पाइन्छ। हुन त यो संक्रमणबाट कसैको पनि मृत्यु नहोस् तर पनि यस्तो अवस्था आइपरेमा के गर्ने भनेर पनि बुझ्न जरुरी हुन्छ। यसमा विश्व स्वास्थ संगठनले पनि सुझाएको छ।
१) घर वा नातेदार जो कोही संक्रमित मृतकको सनाखतमा प्रत्यक्ष सहभागी हुदैछ भने उसले राम्ररी साबुन पानीले हात धोएर पञ्जा अनिवार्य लगाउनुपर्छ। र, सनाखतपछि पनि साबुन पानीले राम्ररी हात धुनुपर्छ।

२) संक्रमित मृतकको शरीरको तरल पदार्थ आँखा र मुखमा नपरोस् भन्नका लागि बिशेषतः चस्मा (गगल्स),  मुख छोप्ने कपडा वा सर्जिकल मास्कको प्रयोग गर्नुपर्छ। 

३) संक्रमित मृतकले लगाएको कपडा तुरुन्त धुने वा नष्ट गर्न सकिन्छ।

४) मलामीमा उपस्थित हुनेहरुको संख्या सकेसम्म कम हुनुपर्दछ र सहभागीहरु साठी बर्षभन्दा बढी उमेरका र कुनै पनि दीर्घ रोगहरुबाट प्रभावित भएको हुनुहुँदैन। तर यदि उपस्थिति जनाउनै पर्ने अवस्था आएमा भने मृतकको शरीरलाई एक मिटरभन्दा टाढाबाट नछुएरै हेर्न सकिन्छ। नातेदार र छिमेकीले पनि यही उपायहरु अनुसरण गर्न सकिनेछ। तर उ,नीहरु बीच (छिमेकी र नातेदार) कम्तीमा एक मिटरको दूरी कायम राखेर सनाखतको काम पूरा गर्न राख्न बिर्सिनु हुँदैन। र, पछि फर्कने बेला सबैले साबुन पानीले राम्ररी हात धुनुपर्छ।

५) रुघाखोकी लागेको व्यक्ति सकेसम्म मलामीमा नजाने र जानैपर्ने भए मेडिकल मास्क लगाउने।     

६) संक्रमित मृतकको सनाखतमा प्रत्यक्ष सहभागीले आफूले लगाएको पिपिईको (ग्लोभ्स, गगल्स, मास्क) काम सकिएपछि उत्पादनकर्ताले दिएको सुझाब अनुसार सफा गर्नुपर्छ। 

प्रकाशित मिति: शनिबार, जेठ ३, २०७७  २२:२४
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
‘महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्’: एमाले सचिव बस्नेत शनिबार, असोज २४, २०८३
‘निजामती प्रशासनलाई कठपुतली बनाउन खोजियो, कर्मचारी त्रासमा छन्’: महासचिव पोखरेल शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्