काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्करीको मृत्युको कारणबारे अध्ययन भइरहेको जानकारी दिएको छ। उनको मृत्युको कारणबारे अध्ययन भइरहेको र मन्त्रालयले विस्तृत विवरण आएपछि मात्र सार्वजनिक गर्ने तयारी गरेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।
अस्पतालमा शुक्रबार राती उपचारका क्रममा सिन्धुपाल्चोकबाट आएकी एक सुत्केरीको मृत्यु भएको थियो। श्वासप्रश्वासमा समस्या आएकी उनको मृत्यु कोरोनाका कारण भएको हल्ला चलेको थियो। तर मन्त्रालयले कोरोनाका कारण उनको मृत्यु पुष्टि भइनसकेको जानकारी दिएको हो।
उनमा कोरोनाका केही लक्षण भने देखिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।