काठमाडौं- नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शनिबार बिहान १० बजे जारी सूचनामा अनुसार बर्दिया, नार्खु ११ निवासी २८ वर्षीया महिला, सिरहा, सखुवा १९ निवासी ३० वर्षीय पुरुष, पर्सा वीरगञ्ज १२ निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगर ४ निवासी १८ वर्षीया महिला, चितवन गढौंली १ निवासी २५ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।