काठमाडौं- विश्वभर कोरोना संक्रमितको संख्या ४५ लाख ३४ हजार ७ सय ७३ पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ १४ लाख ४२ हजार ९ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै, रुसमा २ लाख ६२ हजार ८ सय ४३, बेलायतमा २ लाख ३८ हजार ४, स्पेनमा २ लाख ३० हजार १ सय ८३, इटालीमा २ लाख २३ हजार ८ सय ८५, ब्राजिलमा २ लाख १८ हजार २ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
विश्वभर ३ लाख ७ हजार १ सय ८ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ ८७ हजार ४ सय ९३ जनाको मृत्यु भइसकेको छ।
त्यस्तै, बेलायतमा ३४ हजार ७८, इटालीमा ३१ हजार ६ सय १०, फ्रान्समा २७ हजार ५ सय ३२, स्पेनमा २७ हजार ४ सय ५९, ब्राजिलमा १४ हजार ८ सय १७ को मृत्यु भइसकेको छ।
विश्वभर १६ लाख ३३ हजार १ सय ८५ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ २ लाख ५० ७ सय ४७ जना संक्रमणमुक्त भएका छन्। जर्मनीमा १ लाख ५१ हजार ५ सय ९७, स्पेनमा १ लाख ४४ हजार ७ सय ८३, इटालीमा १ लाख २० हजार २ सय ५ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि २ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ३६ जना भने संक्रमणमुक्त भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।