काठमाडौं- सरकारले आगामी आर्थिक वर्षमा महत्वकांक्षी आयोजनाको रुपमा रहेको रसुवागढी–काठमाडौं र वीरगञ्ज–काठमाडौं रेलमार्ग निर्माणको काम सुरु गर्ने भएको छ। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ।
शुक्रबार सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त दुई रेलमार्ग निर्माणको प्रारम्भिक काम थालिने घोषणा गरेकी हुन्।
रसुवागढी–काठमाडौं र वीरगञ्ज–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन प्राप्त भइसकेकोले अब निर्माणको काम सुरु गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
नीति तथा कार्यक्रममा पूर्वापश्चिम रेलमार्गको काँकडभिट्टा–ईनरुवा खण्डको निर्माणको पनि काम सुरु गर्ने उल्लेख छ। पूर्व–पश्चिम विद्युतीय रेलमार्गको एउटा बाहेक सबै खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ। सोही आधारमा निर्माणको काम थालिने भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।