काठमाडौं- सरकारले आगामी आर्थिक वर्षभित्रै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण थालनी गर्ने नीति लिएको छ।
विमानस्थल निर्माणको विषय अहिले सर्वोच्च अदालतमा पुगको छ। विमानस्थल निर्माण क्षेत्रमा पर्ने रुख कटानीको विषयमा अहिले सर्वोच्च अदालतमा दुईवटा मुद्दा रहेको छ।
विमानस्थल निर्माणका लागि आवश्यक जग्गाको यकीन, तारबार, निजी जग्गाको मुआब्जा वितरण र पुनर्बासको कार्यक्रम पनि प्राधिकरणले गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।