काठमाडौं- सरकारले नीति तथा कार्यक्रममा मेलम्ची खानेपानी आयोजनको दोस्रो चरण अबको आर्थिक वर्षवाट सुरु गर्ने घोषणा गरेको छ। हाल निर्माण कार्य अन्तिम चरणमा रहेको मेलम्ची खानेपानी आयोजनाको सम्पुर्ण काम सम्पन्न गर्दै नयाँ आयोजना सुरु हुने राष्ट्रपति विद्यादेवि भण्डारीले संघीय संसदमा जानकारी गराएकी हुन्।
याङग्री र लार्केबाट दोस्रो चरणको निर्माण सुरु गरिने नीति तथा कार्यक्रमा उल्लेख छ। हालको प्रवेश स्थान रहेको अम्वाथानभन्दा माथि पर्ने यी दुई क्षेत्रबाट थप नयाँ आयोजना सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।