काठमाडौं- सरकारले ठूला पूर्वाधारका आयोजनाहरु तोकिएकै समयमा सक्ने लक्ष्य लिएको छ। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै यस्तो बताएकी हुन्।
आगामी आर्थिक वर्षमा सरकारले पूर्वाधारहरुको छनोट प्राथमिकताका आधारमा गर्नेछ। रेल, सडकलगायत ठूला पूर्वाधार आयोजनाको निर्माणले तिव्रता पाएको छ। महामारीका कारण सरकारको प्राथमिकता बदलिएका छन्।
विकास आयोजना तथा कार्यक्रमहरु तोकिएको समयमै सक्ने‚ आयोजनाहरु प्राथमिकताका आधारमा छनोट गरिने भण्डारीले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।