काठमाडौं- सरकारले कोरोना भाइरसका कारण उत्पन्न असामान्य परिस्थितिका कारण दीगो विकासको लक्ष्यप्राप्तीमा ठूलो व्यवधान खडा भएको ठहर गरेको छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले दीगो विकासको लक्ष्यमा व्यवधान आएको बताइन्।
राष्ट्रपति भण्डारीले कोरोनासँग लड्न मौजुदा स्वास्थ्य सेवा तथा सुविधा अपर्याप्त रहेको प्रष्ट भएको पनि बताइन्। उनले संसारभरकै स्वास्थ्य सेवा र सुविधामा यसले चुनौति दिएको बताइन्।
भण्डारीले कोरोनाका कारण पर्यटन ध्वस्त भएको र उद्योग बन्द व्यवसाय बन्द हुने अवस्थामा पुगेको पनि बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।