काठमाडौं- भारतमा गएका नेपाली घर फर्किने क्रममा रुपन्देही जिल्ला कोरोना संक्रमणको हटस्पट बनेको छ। अहिलेसम्म कोरोनाबाट संक्रमितको संख्या २८ जना पुगेको छ। २८ जना नै भारतबाट आएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए।
अहिलेसम्म गैडहवा गाउपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, मायादेखि गाउँपालिका महत्वारी गाउँपालिकाबासीमा कोरोना संक्रमण देखिएका छन्। संक्रमितलाई बुटवलको धागो कारखानामा स्थापना गरिएको कोरोना अस्पताल तथा भैरहवाको भिम अस्पताललगायतमा आइसोलेसनमा राखिएको छ।
भारतबाट आउने क्रममा उनीहरुलाई सिधै क्वारेन्टाइनमा राखिएको थियो। स्थानीय टोलबासीले भारतबाट आउने जति सबैलाई क्वारेन्टाइनमा बस्ने व्यवस्था गरेका थिए। कसैलाई पनि परिवारसँग भेट गर्न नदिएको हुँदा स्थानीयमा कुनै पनि खतरा नभएको पन्थले बताए।
कपिलवस्तुबाट हिँडेर आउने क्रममा स्थानीयको पहलमा स्थानीय प्रशासनले उनीहरुलाई समाएर क्वारेन्टाइमा राखेका हो। भारतसँग जोडिएको रुपन्देहीमा खुला सिमाना भएकाले मानिसहरु आउनसक्ने खतरा धेरै रहेको छ।
खुला सिमाना भएकोले अन्य ठाउँबाट छिर्ने अवस्था भएकाले थप समस्या सिर्जना गर्न सक्ने देखिएको छ। संक्रमित रहेको गाउपालिका तथा नगरपालिकालाई सिल गरिएको छ। अहिले आवतजावत गर्न निषेध गरिएको छ।
क्वारेन्टाइनमा राखिएकाको कोरोना परीक्षणको काम भइरहेको छ। परीक्षणमा नगेटिभ देखिएकालाई घर पठाउने र पोजेटिभ देखिएकालाई उपचारको लागि पठाइने जिल्ला प्रशासनले जानकारी दियो। लकडाउन गरिएपनि स्थानीय जनजीवन भने सामान्य रहेको छ।
बोर्डर खुला भएको हुँदा मानिसहरू लुकिछिपी आउनसक्ने भएकाले स्थानीयहरुले नै निगरानी बढाएका छन्। गाउँमा कोही बाहिरबाट आउनेबित्तिकै स्थानीय प्रशासनलाई जानकारी दिने र स्थानीय प्रशासनले उनीहरुलाई क्वारेन्टाइनमा लैजाने गरेको छ। भारतबाट आउन सक्ने सम्भावना भएकोले तनाव सिर्जना भएको पन्थ बताउछन्।
पर्याप्त मात्रामा कीट नभएकोले धेरै जनाको परीक्षण गर्नसक्ने अवस्था नरहेको उनले बताए। स्वास्थ्यकर्मीहरुका लागि पनि पर्याप्त मात्रामा स्वास्थ्य उपकरण नभएकाले उपचारका लागि समस्या देखिँदै आएको छ। खुला सिमाना भएको हुँदा बोर्ड सिल गर्दा पनि राति/राति लुकीछिपी आउने सम्भावना धेरै भएकाले रुपन्देही भोलिका दिनमा पनि खतराको सूचीमा छ।
तर स्थानीयबासीको सजगताका कारणले पनि रुपन्देहीमा जति धेरै संख्यामा कोरोना संक्रमित देखिएका छन्। त्यही अनुपातमा संक्रमण भने फैलन पाएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।